उच्च अदालत पाटनले कपनको खहरेमा बक्स कलभर्ट निर्माणमा अवरोध नगर्न काठमाडौं महानगरलाई अन्तरिम आदेश जारी गरेको छ।
पाटन उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र अमृतबहादुर बस्नेतको संयुक्त इजालसले अन्तरिम आदेश जारी गरेको हो।
संघीय सरकारले निर्माण गरिरहेको बक्स कलभर्ट भत्काउने गरि गत महिना महानगरको टोली खहरे पुगेको थियो। त्यसविरुद्ध स्थानीयले अदालतमा उजुरी गरेका थिए।
अन्तरिम आदेशमा देश संघीयतामा गएको र त्यसमा एक सरकारले गरेको काममा अर्को सरकारले उचित आधार र कारण बिना हस्तक्षेप गर्ने कार्यलाई बान्छनीय मान्न नमिल्ने बताइएको छ।
त्यसकारण स्थानीयले गरेको निवेदनको टुंगो नलागेसम्म महागरलाई संघीय सरकारबाट विनियोजन भई ठेक्का सम्झौता समेत भई हाल निर्माण कार्य भइरहेको बक्स कलभर्ट निर्माण कार्यमा अवरोध नगर्न भनेको छ।
आदेशमा भनिएको छ,‘निर्माण भैरहेको बक्स कलभर्ट निर्माण कार्यमा कुनै प्रकारको हस्तक्षेप, काम कारबाहीमा अवरोध नगर्नु नगराउन अन्तरिम आदेश जारी गरिएको छ।’
Shares
प्रतिक्रिया