ad ad

समाज


आयोगद्वारा आरोप पत्र दायर

आयोगद्वारा आरोप पत्र दायर

नेपालखबर
माघ ८, २०७६ बुधबार १६:१३,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी अम्बेया खातुन उपर बिगो रु २८ हजार कायम गरी आरोपपत्र दायर गरेको छ। भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात सो सामानहरू छुटाइदिने भनी खातुनले इलाका प्रहरी कार्यालय जीतपुर बाराका प्रहरी कर्मचारीलाई घुसवापत रु २८ हजार दिन खोज्दा तत्काल निज खातुनलाई नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा आरोपी खातुनले घुस दिएको तथ्य पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय गरी र बरामद बिगो जफत हुने मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै मालपोत कार्यालय साँखु काठमाडौँका नायबसुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाउपर बिगो रु ५५ हजार कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। मालपोत कार्यालय साँखुका नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग दृष्टि बन्दकको लिखत पास गरेवापत घुस लिँदै गर्दा आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले दुवै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नासु कुइँकेलले लेखापढी व्यवसायी सापकोटासँग घुस माग गरी लिइसकेको अवस्थामा निजबाट रकम बरामद भएको खुल्न आएकाले कुइँकेललाई बिगो रु ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आरोपपत्र दायर गरिएको हो।

साथै लेखापढी व्यवसायी रापकोटाले नासु कुइँकेललाई घुस दिइसकेको अवस्थामा निजलाई पनि नियन्त्रणमा लिई कानूनबमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा बिगो रु ५५ हजार कायम गरी कानूनबमोजिम सजायको माग दाबीका साथ आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .