ad ad

समाज


भ्रष्टाचार अभियोगमा पूर्वसांसदसहित नेता र कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

भ्रष्टाचार अभियोगमा पूर्वसांसदसहित नेता र कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

नेपालखबर
माघ १, २०७६ बुधबार ११:२९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पूर्वसांसद बीपी यादवसहित नेता र कर्मचारीविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ।

आयोगले पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नासु भागवत यादव, पूर्वसांसद बीपी (विश्वनाथ प्रसाद) यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल, वीरेन्द्र कुमार मण्डल र कृष्णकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने उद्देश्यले भ्रष्टाचार भएको हो। त्यसमा सीडीई गोइत, नासु यादव, पूर्वसांसद यादव, राजपाका तत्कालीन केन्द्रीय सदस्य हरि मण्डल, वीरेन्द्र मण्डल र कृष्णकुमार यादव प्रत्यक्ष संलग्न रहेको आयोगले जनाएको छ। पूर्वसांसद यादव, हरि मण्डल, विरेन्द्र कुमार मण्डल र कृष्ण कुमार यादवले एकआपसमा मिलेमतो गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने उद्देश्यले सप्तरी जिल्ला राजगढ गाउँपालिकास्थित मुतनी नदी सिंचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा अनधिकृत रुपमा विवरण सच्याएका थिए।

त्यस्तै अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिस माग भई आएबमोजिम सिफारिस गरिएको भन्ने व्यहोराको पत्रलाई अनधिकृत रुपमा सच्याई अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं २ अन्तर्गत इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधामबाट आएको बजेटबाट उक्त सडक निर्माण गर्नको लागि गठन भएको
उपभोक्ता समितिद्वारा निर्माण कार्य संचालन गरी दिनुहुन भन्ने सिफारिस बनाई सम्झौताका लागि पूर्वाधार विकास कार्यालय सिरहा, सम्पर्क इकाइ कार्यालय राजविराजमा पेश गरेको आयोगले जनाएको छ।

भ्रष्टाचारमा संलग्न छ जनाविरुद्ध २५ लाख बिगो भराउन माग गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .