ad ad

समाज


मिटरब्याज पीडितले बनाए वार्ता टोली, आजै सरकारसँग छलफलको तयारी

मिटरब्याज पीडितले बनाए वार्ता टोली, आजै सरकारसँग छलफलको तयारी

फाइल तस्बिर।


नेपालखबर
चैत २६, २०७९ आइतबार १०:५१, काठमाडौँ

न्याय माग्दै काठमाडौँ आएको मिटरब्याजी पीडितको दोस्रो टोलीले सरकारसँग वार्ताका लागि तयारी गरेको छ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन्।

वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन्।

गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो। सरकारको तर्फोबाट वार्ता टोलीमा कोइरालासहित गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्।

सरकारले वार्तामा बोलाएपछि आइतबार नै पीडितहरूले वार्ता टोली बनाएर सरकारसँग छलफल गर्ने तयारी गरेका थिए। तर सोमबार मात्रै वार्ता टोली बनेपछि सरकारसँग वार्ताका लागि संवाद गरेको जानकारी अभियन्ता नवीनले जानकारी दिए।

सरकारको वार्ता टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजधानीबाहिर भएकाले उनी फर्किएपछि छलफल गरेर वार्तामा बोलाउने जानकारी दिएको उनले बताए। 'सम्भवत: आजै वार्ता हुन्छ, उहाँहरूले आन्तरिक छलफल गरेर वार्तामा बोलाउँछौँ भन्नुभएको छ,' उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .