यो वर्ष अमेरिकामा अहिलेसम्मकै धेरै आम हत्याका घटना भएको अनुसन्धानकर्ताहरुले बताएका छन्।
सन् २०१९ मा यस्ता ४१ घटना भएको तथ्यांक एसोसियट प्रेस, यूएसए टुडे र नर्दन युनिभर्सिटीले तयार गरेको डाटाबेसमा उपलब्ध छ। ती घटनामा दुई सय ११ जनाले ज्यान गुमाएका छन्।
यहाँ एउटै घटनामा चार वा सोभन्दा बढी व्यक्ति मारिए त्यस्ता घटनालाई आम हत्या भनेर परिभाषित गरिएको छ।
२०१९ मा भर्जिनिया बिचमा १२ र एल पासोमा २२ व्यक्तिको ज्यान जानेगरी आमहत्याका घटना भएका थिए।
सबैभन्दा बढी क्यालिफोर्नियामा मात्र ८ यस्ता घटना भएका छन्। बीबीसी
प्रतिक्रिया