ad ad

समाज


पत्रकार महासंघको साधारणसभा तयारी अन्तिम चरणमा, राष्ट्रपतिले उद्घाटन गर्ने

पत्रकार महासंघको साधारणसभा तयारी अन्तिम चरणमा, राष्ट्रपतिले उद्घाटन गर्ने

नेपालखबर
पुस ५, २०७९ मंगलबार २१:१९, सुर्खेत

यही पुस ८ र ९ गते सुर्खेतमा हुन लागेको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ। 

मंगलबार महासंघ सुर्खेत शाखाले साधारणसभा तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा सभाहल, आवास, व्यवस्थापनदेखि प्रचार–प्रसारको कामलाई तीब्र पारिएको जनाएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले कर्णाली इतिहासमा पहिलो पटक महासंघको केन्द्रीय साधारणसभा हुन लागेको भन्दै भव्यताका रुपमा सफल बनाउनतर्फ लाग्न आग्रह गरे। 

वित्तिय तयारीका बारेमा जानकारी दिँदै सेजुवालले साधारणसभाको आर्थिक दायित्व केन्द्रीय समितिले व्यहोर्ने बताए। 

संघ, प्रदेश र स्थानीय तहसँग साधारणसभाका लागि बजेट मागिएको उल्लेख गर्दै कर्णाली प्रदेश सरकारले १७ लाख रुपैयाँ दिने निर्णय गरेको सेजुवालले जानकारी दिए।

संघ सरकारले विगतका साधारणसभाका लागि बजेटको व्यवस्था गर्ने गरेको र यस पटक पनि सञ्चार मन्त्रालय मार्फत बजेटको अपेक्षा गरिएको कोषाध्यक्ष सेजुवालले बताए। 

सुर्खेतका ९ स्थानीय तह, सुर्खेत उद्योग वाणिज्य संघसँगबाट पनि बजेटमा अपेक्षा गरिएको तर, अहिलेसम्म कुनै पनि पालिकाले बजेट दिने या नदिने विषयमा निर्णय गरी नसकेको सेजुवालको भनाई छ।
यस्तै, पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबाट आउने अतिथिलाई २२ वटा होटेलहरुमा राख्ने व्यवस्था मिलाएको बताए। 

महासंघका महासचिव रोशन पुरीले साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जानकारी दिएका छन्। 

पुरीका अनुसार कार्यक्रममा सहभागी हुन देशभर तथा वैदेशिक शाखाका करिव ७ सय बढी राष्ट्रिय परिषद् सदस्य पत्रकारहरु सुर्खेत आउन लागेका छन्। 

यस्तै, कार्यक्रममा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादु खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही तथा सुर्खेतका नौ वटै पालिकाका प्रमुखहरु अतिथिका रुपमा सहभागि हुने छन्। 

साधारणसभा पुस ८ गते बिहान ८ बजे मंगलगढी चोकबाट सुरु हुने प्रभातफेरीपछि ९ बजे सुर्खेत सभाहलमा उद्घाटन नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले बताए। 

साधारणसभामा विगतका र भावी नीतिगत कार्ययोजना, महासचिवको प्रतिवेदन र लेखा प्रतिवेदनमाथि छलफल हुने महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .