ad ad

समाज


काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा घाइतेको मृत्यु, अर्काको अवस्था गम्भीर

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा घाइतेको मृत्यु, अर्काको अवस्था गम्भीर

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ३:२७,

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुलीकाे सुनकोसी गाउँपालिका-३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हाे।

दुर्घटनामा अर्का घाइते सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको उपचार धुलिखेल अस्पतालमै भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .