ad ad

समाज


बैतडीको सिगास गाउँपालिका–५ मा युवा युवती मृत फेला

बैतडीको सिगास गाउँपालिका–५ मा युवा युवती मृत फेला

प्रतिकात्मक तस्बिर


गोकुल जोशी
भदौ ३, २०७९ शुक्रबार १२:२०, काठमाडौँ

बैतडीको सिगास गाउँपालिकामा बिहीबार राती युवा युवती मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका–५ खैरीकोटमा युवा युवती झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

सिगास गाउँपालिका–३ का २० वर्षीय रमिता कुमारी बिक र सोही ठाउँका २० वर्षीय केशव दमाईको खैरीकोटस्थित चिउरीको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका वरिष्ठ नायव निरीक्षक सुरजबहादुर चन्दले जानकारी दिए।

‘रुखको एउटै हागामा चुन्नीले पासो लगाएर झुण्डिएको अवस्थामा शव छ, घटनास्थलको मुचुल्का सकेर शव पोष्टमार्टमका लागि ल्याउँदैछौँ।’ उनले भने, ‘घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन्।’

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी शिवलिंगबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .