मकवानपुरकी एक युवतीलाई २०७० बैशाख ९ गते एसिड प्रहार गर्ने भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
भारत माहाराजगंज अमरपुर्वनका ४३ वर्षीय राज केशरी भन्ने दिलिप राज केशरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया