इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यको विशेष पहलमा इजरायलबाट नेपाल पठाएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल आइपुगेको छ।
स्वास्थ्य सामाग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाईट’ मार्फत ती सामग्रीसहित आज बिहीबार विहान ११:१० बजे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ।
विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ।
‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करीब २० करोड रुपैयाँ जति अनुमानित मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छ।’
राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्।
Shares
प्रतिक्रिया