ad ad

प्रविधि


गुगल क्रोमको नयाँ अपडेट, स्पीड बढ्दा वेबसाइट प्रिभ्यु फिचर थपियाे

गुगल क्रोमको नयाँ अपडेट, स्पीड बढ्दा वेबसाइट प्रिभ्यु फिचर थपियाे

नेपालखबर
चैत १, २०७७ आइतबार ११:३६,

यो अपडेट अहिलेलाई एन्ड्रोइड भर्सनका फोनमा आएको इन्डिया टुडेले जनाएको छ।

खबरका अनुसार अहिलेको गुगल क्रोम पहिलेभन्दा तीव्र रुपमा चल्छ। साथै नयाँ अपडेटमा क्रोमबाट कुनै पनि पेज खोल्न अगाडि नै ‘वेबसाइट प्रिभ्यु’ देखिनेछ।

यसको अर्थ पुरा लिंक खोल्न अगाडि नै त्यो पेज कस्तो देखिन्छ भनेर थाहा पाउन सकिनेछ।

कसरी प्रयोग गर्ने प्रिभ्यु पेज फिचर

तपाइँले एन्ड्रोइडमा गुगल क्रोममा गएर कुनै लिंक खोल्नुहोस्।

उदाहरणका लागि तपाइँले समाचार पोर्टलको लिंक खोल्नु भयो।

त्यहाँ धेरै समाचारका हेडलाइनहरु हुन्छन्। त्यहाँमध्ये कुनै पनि हेडलाइनलाई एकदेखि तीन सेकेन्डसम्म समयसम्म प्रेस गरेपछि त्यहाँ विभिन्न विकल्प दिइएको हुन्छ।

प्रिभ्यु पेज भन्ने विकल्पमा थिचिए त्यसले पुरा पेज नखोली नै त्यहाँको पुरा सामग्री देखाइदिन्छ।

यसरी धेरैपटक समाचार खोजिरहनुपर्ने समस्याबाट समय जोगाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .