अमेरिकास्थित प्रविधिसँग सम्बन्धित संचारमाध्यम द इन्फर्मेसनका अनुसार फेसबुकले गोप्य रुपमा स्मार्टवाचको विकास गरिरहेको छ।
यो स्मार्टवाच अर्को वर्ष सार्वजनिक गर्ने तयारी गरिएको छ।
विश्वभर एप्पलको स्मार्टवाच निकै लोकप्रिय छ। त्यसमा प्रयोगकर्ताले आफ्नो फिटनेस तथा स्वास्थ्यको जानकारी लिन सक्छन् भने उक्त स्मार्टवाचमा म्यासेज र फोन कलको पनि व्यवस्था छ।
फेसबुकको स्मार्टवाचमा पनि फिटनेस, स्वास्थ्य, म्यासेज र फोन कल लगायत फिचर्स हुने बताइएको छ।
यो स्मार्टवाच गुगलको एन्ड्रोइड अपरेटिङ प्रणालीसँग सम्बन्धित छ।
फेसबुकले आफ्नै अपरेटिङ प्रणाली पनि विकास गरिरहेको समाचारमा जनाइएको छ।
यसैबीच द भर्जका अनुसार फेसबुकले नयाँ हार्डवेयर कार्यक्रम अन्तर्गत रे–बन स्मार्ट ग्लास, भर्चुअल रियालिटी हेडसेट तथा पोर्टल भिडियो च्याट डिभाइसमा पनि काम गरिरहेको छ।
प्रतिक्रिया