ad ad

प्रविधि


चिनियाँ मुन ल्यान्डर रिटर्न मोड्युलको सम्पर्कमा आयो, पृथ्वीमा चन्द्रमाको ढुंगा ल्याउने योजना सफल हुँदै

चिनियाँ मुन ल्यान्डर रिटर्न मोड्युलको सम्पर्कमा आयो, पृथ्वीमा चन्द्रमाको ढुंगा ल्याउने योजना सफल हुँदै

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ७:४१,

चिनियाँ अन्तरिक्ष संस्था ‘चाइना नेसनल स्पेस एड्मिनिसट्रेसन’ सीएनएसएका अनुसार मुन ल्यान्डर रिटर्नरको सम्पर्कमा आइसकेको छ।

चन्द्रमाको ढुंगाको नमुना संकलन गरेको मुन ल्यान्डर पृथ्वीमा फर्कने रिटर्न मोड्युलको सम्पर्कका आएपछि चीनको योजना सफल हुन लागेको छ।

यदी रिटर्नर पृथ्वीमा सफलतापूर्वक अवतरण गर्न सके चीन रुस र अमेरिकापछि चन्द्रमाको ढुंगाको नमुना पृथ्वीमा ल्याउने तेस्रो मुलुक बन्नेछ।

चीनले चाङ ए’ अभियान अन्तर्गत यसपटक चन्द्रमाको ढुंगा र माटोको नमुना संकलन गर्न आफ्नो चन्द्रयान त्यसतर्फ पठाएको थियो।

यस क्रममा चीन चन्द्रमामा झण्डा फहराउने अमेरिकापछि दोस्रो मुलुक बनिसकेको छ।

(भिडियो)

सीएनएसएका अनुसार ल्यान्डरले रिटर्नरमा झन्डै २ केजी चन्द्रमाको ढुंगा र माटोको नमुना पठाइसकेको छ।

अबको बाँकी प्रक्रिया भनेको मुन ल्यान्डर र रिटर्नर छुट्नेछन्। रिटर्नर भने पृथ्वीमा फर्कने उपयुक्त समय हेरेर त्यसतर्फ अगाडि बढ्नेछ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ’ए–५ अर्थात् यसपटकको अभियानले सघाउने अपेक्षा विज्ञहरूको छ।

चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो र उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बनाएको छ। एजेन्सी

Chang'e -5 displays China's national flag on moon - CGTN

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .