तर भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको सेप्टेम्बरको प्रोडक्ट लन्च कार्यक्रममा आइफोन १२ को कुनै जानकारी दिइएन।
यतिबेला भने आइफोन १२ उत्पादनका लागि चिनियाँ कारखानाहरुमा तीव्र गतिमा काम भइरहेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हाल ताइवानको बहुराष्ट्रिय प्रविधि कम्पनी फक्सकनको चीनस्थित कारखानामा २४ घण्टा नै आइफोना १२ को उत्पादन भइरहेको छ।
जेनझाउको कारखानामा कामदारहरुलाई ओभरटाइम काम गर्न दिएको साथै सार्वजनिक विदामा समेत विदा नदिएको बताइएको छ।
यसरी कामदारहरुले पहिलेभन्दा बढी तलब पनि पाइरहेका छन्। एप्पलले चाँडै आइफोना १२ का चारवटा मोडलहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यी फोनहरुमा फाइभ–जी चल्नेछन्। अक्टोबर महिना भित्रै आइफोना १२ सार्वजनिक हुने अनुमान गरिएको छ। एजेन्सी
प्रतिक्रिया