ad ad

प्रविधि


सामसङले ल्याउँदै पाँच क्यामेरा भएको स्मार्टफोन, यस्ता हुनेछन् फिचर

सामसङले ल्याउँदै पाँच क्यामेरा भएको स्मार्टफोन, यस्ता हुनेछन् फिचर

नेपालखबर
असोज १४, २०७७ बुधबार ७:२४,

सामसङको ग्यालेक्सी ए७२ भर्सनको फोन यस कम्पनीकै पहिलो पाँचवटा क्यामेरा भएको फोन हुने जनाइएको छ।

सन् २०२१ को मध्यतिर यस स्मार्टफोन सार्वजनिक हुने बताइएको छ। यसवर्ष सार्वजनिक भएको ग्यालेक्सी ७१ भन्दा यस ग्यालेक्सी ए७२ उत्कृष्ट हुने अनुमान गरिएको छ।

दक्षिण कोरियाली संचार माध्यमका अनुसार सामसङको ग्यालेक्सी ए७२ मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा हुनेछ। ८ मेगापिक्सलको टेलिफोटोमा तीन गुणा अप्टिकल जुमको सुविधा हुनेछ।

यस्तै यसमा ३२ मेगापिक्सलको सेल्फी क्यामेरा हुनेछ। ए७२ सँगै ग्यालेक्सी ए५२ मोडलको स्मार्टफोन पनि सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .