ad ad

प्रविधि


एप्पलले केही नयाँ उत्पादन सार्वजनिक गर्दा लन्च गरेन नयाँ आइफोन

एप्पलले केही नयाँ उत्पादन सार्वजनिक गर्दा लन्च गरेन नयाँ आइफोन

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ७:२९,

यसमा सबैभन्दा खास वाच सिरिज रह्यो। जसलाई पर्सनलाइज्ड वर्कआउट सब्सक्रिप्सन फिटनेस प्लससँग लन्च गरिएको छ।

यस सुविधाले प्रयोगकर्तालाई त्यस्ता वर्कआउटाको भिडियो छान्न अनुमति दिन्छ जसलाई आइफोन, आइप्याड र एप्पल टिभीमा चलाउन सकिन्छ।

कम्पनीका अनुसार एप्पल वाच सिरिज प्रयोग गर्नेलाई हरेक हप्ता नयाँ वर्कआउट भिडियो प्राप्त हुनेछ।

वर्कआउट गरिरहँदा वाच सिरिय लगाएका प्रयोगकर्ताले आफ्नो फिटनेस डेटा आइफोन र आइप्याडमा पनि देख्न सक्नेछन्। यसले ब्लड प्रेसर र अक्सिजनको मात्रा पनि देखाउन मद्दत गर्नेछ।

Apple Watch Blood Oxygen app: How it works and how to use it - CNET

यसैबीच एप्पलले नयाँ आइप्याड एयर पनि लन्च गरेको छ। १०.९ इन्चको लिक्विड रेटिना डिस्प्ले रहेको यस आइप्याड पाँचवटा रङमा पाइनेछ। यसमा म्याजिक किबोर्ड र एप्पल पेन्सिल उपलब्ध हुनेछ।

यो निकै छिटो चल्ने आइप्याड हो। एप्पलले आफ्ना नयाँ उत्पादन सार्वजनिक गरिरहँदा नयाँ आइफोनबारे केही घोषणा भएन।

हाल विश्वभरका मानिसहरु आइफोन १२ को प्रतिक्षामा छन्। यस महिना आइफोनबारे केही घोषणा नभएपछि विश्लेषकहरुले आगामी महिनासम्ममा नयाँ आइफोन लन्च हुनसक्ने बताएका छन्। एजेन्सी

Apple reportedly planning multiple new iPad models, including an updated  iPad mini - The Verge

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .