भारतको रक्षा अनुसन्धान एवं विकास संगठन डीआरडीओले यस हाइपरसोनिक प्रविधि विकास गरेको हो।
डीआरडीओले सोमबार हाइपरसोनिक टेक्नोलोजी डेमोस्ट्रेसन भेइकलको प्रयोग गर्दै एक क्षेप्यास्त्र प्रहार गरेको थियो। उक्त क्षेप्यास्त्र वायुमण्डलमा माक–६ अर्थात् ध्वनीको गतिभन्दा ६ गुणा तिव्र गतिमा उडेको थियो।
डीआरडीओले यस प्रविधिलाई रक्षा क्षेत्रमा ठूलो उपलब्धिको रुपमा हेरेको छ। हाइपरसोनिक प्रविधि कस्तो हो र यसले देशको रक्षातन्त्रमा कसरी सहयोग पुर्याउला? यस विषयमा बीबीसीले वैज्ञानिक गौहर रजासँग कुराकानी गरेको छ।
हाइपरसोनिक प्रविधिको प्रयोगबाट कुनैपनि क्षेप्यास्त्रलाई सुपरसोनिक गतिमा नभएर हाइपरसोनिक गतिमा प्रहार गर्न सकिन्छ।
पपुलर मेकानिक्सका अनुसार विज्ञानको भाषामा हाइपरसोनिकलाई ‘सुपरसोनिक अन स्टेरोयड्स’ भनिन्छ, अर्थात् यो तेज गतिभन्दा पनि तेज गति हो।
In a historic mission today, India successfully flight tested Hypersonic Technology Demonstrator Vehicle (HSTDV), a giant leap in indigenous defence technologies and significant milestone towards a #sashaktbharat and #atmanirbharbharat.
— DRDO (@DRDO_India) September 7, 2020सुपरसोनिकले ध्वनीको गतिभन्दा पनि तेज गति ‘माक–१’ लाई जनाउँछ भने हाइपरसोनिक गतिको मतलब हुन्छ सुपरसोनिकभन्दा पाँच गुणा अधिक गति।
हाइपर सोनिकको गतिलाई माक–५ भनिन्छ, अर्थात् ध्वनीको गतिभन्दा पाँच गुणा तिव्र गति।
डीआरडीओका अनुसार भारतले जुन यानको प्रक्षेपण गरेको थियो। पहिले उक्त यान आकाशमा ३० किलोमिटर माथिसम्म उडेको थियो। त्यसपछि तयसले माक–६ को गति पक्रिएको थियो।
वैज्ञानिक गौहरका अनुसार स्क्रामजेट प्रविधिलाई बायुमण्डल भित्र मात्र प्रयोग गर्न सकिन्छ।
स्क्रामजेट प्रविधिको प्रयोग गर्ने भारत विश्वको चौथों राष्ट्र बनेको छ। यसअघि रुस, अमेरिका र चीनले यसको सफल परीक्षण गरेका छन्।
वैज्ञानिक गौहरका अनुसार यस प्रविधिले भारतलाई ठूलो फाइदा पुर्याउँछ। यस प्रविधिलाई रकेट र क्षेप्यास्त्रमा प्रयोग गर्न सकिन्छ।
यो प्रविधिको सहयोगबाट तिव्र गतिमा क्षेप्यास्त्रहरु प्रहार गर्न सकिन्छ जसले दुश्मनलाई सोच्ने कुनै समय दिँदैन। यो प्रविधिलाई ट्र्याक गर्न पनि गाह्रो हुन्छ।
यसले रकेटमा प्रयोग हुने इन्धन बचाउन पनि सहयोग पुर्याउँछ। यो प्रविधिका कारण भारतको सुरक्षा पक्ष बलियो बनेको पनि भारतीय सेनाहरु बताउँछन्। बीबीसीहिन्दी
प्रतिक्रिया