ad ad

प्रविधि


आइफोन १२ को लुक्स, मूल्य र फिचर!

आइफोन १२ को लुक्स, मूल्य र फिचर!

नेपालखबर
भदौ ८, २०७७ सोमबार ९:५०,

सेप्टेम्बर महिनामा एप्पलले जहिल्यै आफ्ना नयाँ उत्पादनहरु सार्वजनिक गर्ने गरेको छ।

तर यसपटक कोरोना महामारीका कारण एप्पलले आइफोन लगायतका आफ्ना नयाँ सामग्री सार्वजनिक गर्न ढिलाई गर्छ र गर्दैन भन्ने कुनै जानकारी दिएको छैन।

यद्यपी एप्पलले यसैवर्ष आफ्ना नयाँ उत्पादनहरु विश्वबजारका लागि खुला गर्ने अपेक्षा गरिएको छ।

म्याकरुमर्सले प्राय आइफोन र एप्पलसँग सम्बन्धित लेखहरु सार्वजनिक गरिरहन्छ। यसपटक पनि म्याकरुमर्सले आइफोन १२ कस्तो हुन्छ भनेर जानकारी दिएको छ।

iPhone 12 release date, price, features and news - PhoneArena

आइफोन १२ को चारवटा मोडल हुने चर्चा चलेको छ। जसमा आइफोन १२ को डिस्प्ले ५.४ इन्चको हुने अनुमान छ।

यस्तै आइफोन १२ म्याक्स र १२ प्रोको डिस्प्ले समान ६.१ इन्चको हुनेछ। त्यस्तै आइफोन १२ प्रो म्याक्स ६.७ इन्चको हुने अनुमान छ।

आइफोन १२ मोडलका फोनको मूल्य आइफोन ११ मोडलकाभन्दा कम मूल्यबाट सुरुवात हुनेछ। ६ सय ९९ अमेरिकी डलरबाट नयाँ आइफोन किन्न सकिने बताइएको छ।

यी सबै फोनले फाइभ–जी नेटवर्क सपोर्ट गर्नेछन्। फोनमा चारवटासम्म क्यामेरा हुनेछ भने यी फोनहरु विविध रङमा खरिद गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .