ad ad

प्रविधि


अमेरिकी गुप्तचर निकाय भन्छः टिकटकबाट चीनले अमेरिकी डेटा लिएको छैन

अमेरिकी गुप्तचर निकाय भन्छः टिकटकबाट चीनले अमेरिकी डेटा लिएको छैन

नेपालखबर
साउन २६, २०७७ सोमबार १०:२५,

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार सीआइएका अधिकारीले चीनले टिकटकबाट डेटा चोरी गर्ने सम्भावना भएपनि हालसम्म चीनले त्यसो नगरेको बताएका हुन्।

हालसम्म चीनले टिकटकबाट अमेरिकी डाटामा पहुँच बनाएको प्रमाण नभेटिएको सीआइएको भनाइ छ।

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक अमेरिकामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्रम्पले चिनियाँ प्रविधि कम्पनी तथा एप अमेरिकी सुरक्षामा खतरा उत्पन्न गराउने खालको भएका बताउने गरेका छन्।

यसअघि हुवावे लगायतका चिनियाँ प्रविधि कम्पनीहरु अमेरिकामा प्रतिबन्धित भइसकेका छन्।

प्रविधिको क्षेत्रमा अमेरिका चीनभन्दा पछि परेकाले अमेरिकाले चीनलाई अगाडि बढ्न नदिन चिनियाँ प्रविधि कम्पनी तथा एपहरुमा प्रतिबन्ध लगाएको चिनियाँ विश्लेषहरुको भनाइ छ।

अमेरिकाले विश्वभरका मुलुकलाई चिनियाँ सामग्री प्रयोग नगर्न अपिल गर्दै आएको छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .