बेलायतले हुवावेलाई बेस स्टेसनहरु खडा गर्न भनिसकेको अवस्थामा अमेरिकी दबाबबीच बेलायतले हालै हुवावेको प्रविधिलाई प्रयोग गर्न नसकिने घोषणा गरेको थियो।
अमेरिकाले हुवावे लगायत चीनका कयौं प्रविधि कम्पनीलाई सुरक्षा खतराको रुपमा हेरेको छ। यी कम्पनीहरु चीन सरकारको जासुसीको माध्यम भएको अमेरिकी ठहर छ।
अमेरिकाले प्रतिबन्ध लगाएकै अवस्थामा बेलायतले हुवावेलाई स्वीकार गर्न नसक्ने त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका थिए।
अन्तर्राष्ट्रिय संचार माध्यमकाअनुसार हालै बेलायतले हुवावेको फाइभ–जीको विकल्पमा जापानसँग फाइभ–जी प्रविधि विकासको लागि सहयोग मागेको छ। एजेन्सी
प्रतिक्रिया