हालै चिनियाँ एप्लिकेसनबाट सुरक्षा खतरा बढेको बताउँदै टिकटकसहित अन्य ५९ चिनियाँ एप्लिकेसनमाथि भारतले प्रतिबन्ध लगाएको थियो।
सोमबार अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले टिकटकसहित अन्य चिनियाँ एप्लिकेसन प्रतिबन्ध गर्नेबारे तयारी भइरहेको बताए।
फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा पोम्पिओले भने,‘हामीले चिनियाँ एप्लिकेसन विशेषगरी टिकटक प्रतिबन्ध गर्नेबारे गम्भीर विषयमा सोचिरहेका छौं।’
अमेरिकाले यसअघि नै हुवावे, जेटटीईसहित दर्जनौं चिनियाँ प्रविधि कम्पनीहरु अमेरिकामा प्रतिबन्ध लगाइसकेको छ।
चिनियाँ कम्पनीहरुले प्रयोगकर्ताको डेटा चीन सरकारलाई बुझाउने अमेरिकी अरोप छ। एजेन्सी
प्रतिक्रिया