ad ad

प्रविधि


जुम भिडियो एप्लिकेसन अपडेट नगरे अनलाईन कक्षा र छलफल संचालन गर्न नमिल्ने

जुम भिडियो एप्लिकेसन अपडेट नगरे अनलाईन कक्षा र छलफल संचालन गर्न नमिल्ने

नेपालखबर
जेठ १७, २०७७ शनिबार १२:२८,

जुमबाट सजिलै अनलाईन कक्षा तथा छलफल संचालन गर्न सकिन्छ। हाल विश्वभर विभिन्न कार्यालय तथा विद्यालयहरु बन्द भएको समयमा यसै एप्लिकेसनबाट कार्यहरु सन्चालन भइरहेका छन्।

तर पछिल्लो समय जुम भिडियोमा सुरक्षा खतराहरु बढ्न थालेको छ। अमेरिकामा बाइबल अनलाइन कक्षामा पोर्न भिडियो स्ट्रिम भएको थियो। 

यस्ता साइबर आक्रमणको घटना जुममा बढेपछि जुमले प्रयोगकर्तालाई मे ३० तारिखभित्र जुम ५.० भर्सन डाउनलोड गर्न आग्रह गरेको छ।

केही दिनयता जुमले नयाँ जुम डाउनलोड गर्न जानकारी दिइरहेको छ। त्यसको समयसिमा शनिबार सम्पन्न हुँदैछ।

नयाँ भर्सनको जुम डाउनलोड नगरे अनलाइन कक्षा तथा छलफल संचालन गर्न गाह्रो हुने जुमले बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .