मंगलबार आफ्ना कम्पनीका कर्मचारीहरुलाई ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले आफ्ना कर्मचारीलाई जीवनभर घरैबाट काम गर्न दिने बताएका हुन्।
ट्वीटरका प्रवक्ताले पनि यस विषयलाई पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ। कोरोना भाइरसको प्रकोपसँगै विगत २–३ महिनायता ट्वीटरले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न दिइरहेको छ।
यतिबेला भने ट्वीटरले कर्मचारीले जीवनभर घरैबाट काम गर्न दिने सुविधा प्रदान गरेको हो। एजेन्सी
प्रतिक्रिया