साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले आफ्नो क्षेत्रमा पर्ने सगरमाथा आधार शिविरमा हुवावेको फाइभजी प्रविधि जडान गरेको छ।
हुवावे, चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमको सहकार्यमा सगरमाथामा भाइभजी नेटवर्क विस्तार गरिएको हो।
चाइना मोबाइलका अनुसार यसै वर्षको अप्रिल १९ मा ५ हजार ३ सय मिटर र ५ हजार ८ सय मिटरको उचाइमा बेस स्टेसन खडा गरिएको थियो।
यस्तै अप्रिल २५ मा ६ हजार ५ सय मिटरको उचाइमा अर्को बेस स्टेसन खडा गरिने छ। यसअघि अप्रिल १३ मा ५ हजार १४५ मिटरको उचाइमा एक बेस स्टेसन राखिएको थियो।
फाइभजी प्रविधिको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्डमा एक जीबीको डेटा डाउनलोड गर्न सक्नेछन्।
हाल चाइना मोबाइलका १ सय ५० भन्दा बढी कर्मचारीहरु बेस स्टेसनलाई सक्रिय बनाउन खटिरहेका छन्।
हुवावेको यस फाइभजी प्रविधिले सगरमाथा आसपासका ६ लाख मानिस लाभान्वित हुने बताइएको छ। एससीएमपी
प्रतिक्रिया