गुगलले आगामी मे महिनामा आयोजना गर्न लागेको सम्मेलन रद्द गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
गुगलले आफ्नो कम्पनीले लन्च गर्न लागेको नयाँ उत्पादन र सेवाहरुको बारेमा जानकारी दिन हरेक वर्ष सम्मेलनको आयोजना गर्ने गर्दछ। तर कोरोनाको त्राससँगै सम्मेलन रद्द भएको छ।
सम्मेलन हुने नहुने विषयमा अन्यौलता बढेको जनाइएको छ। गुगल अगाडि नै माइक्रोसफ्ट र फेसबुकले वार्षिक कार्यक्रम स्थगित गरेका थिए।
एप्पलले भने हालसम्म आफ्नो वार्षिक कार्यक्रम गर्ने नगर्ने विषमा केही जानकारी दिएको छैन।
प्रतिक्रिया