ad ad

प्रविधि


पुराना आइफोन ढिलो चल्ने बनाएको आरोपपछि एप्पलले प्रयोगकर्तालाई ५७ अर्ब तिर्ने

पुराना आइफोन ढिलो चल्ने बनाएको आरोपपछि एप्पलले प्रयोगकर्तालाई ५७ अर्ब तिर्ने

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ७:२३,

गत शुक्रबार क्यालिफोर्नियास्थित सान जोसेको जिल्ला अदालतमा एप्पलले आइफोन प्रयोगकर्तालाई आफू क्षतिपूर्ति स्वरुप ३१० मिलियन डलर ‘३५ अर्ब ८४ करोड ५२ लाख ६९ हजार रुपैयाँ’ देखि ५ सय मिलियन डलर ‘५७ अर्ब ८१ करोड ४९ लाख ५० हजार रुपैयाँ’सम्म तिर्न तयार भएको बताएको थियो।

सन् २०१७ अगाडि निर्माण भएका पुराना मोडलका आइफोन ६, ६ प्लस, ६ एस प्लस, ७, ७ प्लसका प्रयोगकर्ताले आफ्ना फोनहरु एक्कासी ढिला चल्न थालेपछि आइफोनविरुद्ध उत्रिएका थिए।

पुराना फोनको आइओएस अपरेटिङ सिस्टम ढिला चल्ने बनाएर एप्पलले नयाँ आइफोन किन्न बाध्य पार्ने योजना बनाएको आरोप लागेपछि आइफोन क्षतिपूर्ति तिर्न राजी भएको हो।

एप्पलले पुराना आइफोन प्रयोगकर्ता हरेकलाई २५ डलर तिर्न राजी भएको छ। त्यसका लागि आफ्नो फोन ढिला चल्ने भएको प्रमाण पनि दिनुपर्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .