ad ad

प्रविधि


कोरोना संक्रमणका बेला चीनमा रोबोट बन्यो वेटर, ड्रोनले फैल्यायो सचेतना

कोरोना संक्रमणका बेला चीनमा रोबोट बन्यो वेटर, ड्रोनले फैल्यायो सचेतना

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १२:४५,

बेइजिङले प्रविधिबाट मात्र सन् २०१८ मा ३३ खर्ब युआन राजस्व उठाएको थियो। चीनको प्रविधि सपना साकार बन्दै जाँदा सन् २०२० चीनको प्रविधि सपना थप साकार गर्ने परिक्षणकाल बनेको छ।

यतिबेला चीन कोरोनाभाइरसको प्रकोपबाट गुज्रिरहेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङले व्यहोरिरहेको कोभिद–१९ को प्रकोप नै सबैभन्दा ठूलो स्वास्थ्य संकटकाल भएको बताएका छन्।

यसबीचमा आफू प्रविधिको क्षेत्रमा निकै अब्बल बनेको भनेर चीनले प्रमाणित गर्ने अवसर पाएको छ। चीनले आफ्नो प्रविधिलाई कोरोनाभाइरस विरुद्धको अभियानमा प्रयोग गरिरहेको छ। जसले सकरात्मक परिणाम पनि दिइरहेको छ।

A local resident using a drone spraying disinfectant at a village in China's central Henan province in January.

वेटर र डेलिभेरीम्यान बन्यो रोबोटः कोरोनाभाइरसको संक्रमण गत डिसेम्बरदेखि देखा परेपछि यतिबेला चीनका रेस्टुरेन्टमा वेटरको स्थान रोबोटले लिएका छन्। मानिसहरु समूहमा रहँदा कोरोनाको संक्रमण फैलिने भएपछि रोबोटले घरघरमा खाना पुर्याउने काम पनि गरिरहेको छ।

ड्रोनको भूमिका स्प्रेयर र सूचनाको संवाहकः यस्तै चीनमा ड्रोनले माइकिङ गर्दै कोरोनाबारे सूचना फैल्याउने काम गरेको छ। ड्रोनले मास्कहरु मानिसहरुलाई दिने काम गरेको छ भने ड्रोनले स्प्रेयरको भूमिका निर्वाह गरेको छ। ड्रोनको परिचालनबाट भाइरस फैलन नदिन दबाई तथा औषधी छर्किने कार्य जारी रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन्।

चीनमा हाल रिमोट कन्ट्रोलर साना गाडीहरुले सामानहरु वसरपसार पनि गरिरहेका छन्। एजेन्सी

Image result for chinese robot in corona virus

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .