ad ad

प्रविधि


डेलद्वारा ‘आरएसए’ साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा

डेलद्वारा ‘आरएसए’ साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा

नेपालखबर
फागुन ७, २०७६ बुधबार १२:१५,

आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ। यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षाहरू गरिएका समय डेलले यो घोषणा गरेको हो।

“विश्वको उच्च सुरक्षा ब्रान्ड मध्ये एक डेलको आरएसएले डिजिटल रूपान्तरणको साथसाथै द्रूत गतिमा विकास भइरहेको ग्राहक चुनौतीहरूको समाधान गर्नका लागि ठूलो अवसरको प्रतिनिधित्व गर्दछ,” सिम्फनी समूहका प्रबन्ध साझेदार विलियम चिशोलमद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

डेलका अनुसार आरएसएका एक हजार २०० भन्दा बढी ग्राहक रहेका छन् र यसको मुख्य समूह साइबर–सुरक्षा उद्योगको सबैभन्दा ठूलो समूह हो।

“लेनदेनले हाम्रो व्यवसाय र उत्पादन कार्यलाई अझ सजिलो बनाउनेछ,” डेल टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकारी अफिसर जेफ क्लार्कले भने।

“यसले डेल टेक्नोलोजीको तथ्याङ्क सुरक्षित, र समय अनुकुल बनाउनको लागि हाम्रो रणनीतिमा केन्द्रित भर्ई संरचना, मञ्च र उपकरणहरूमा स्वचालित तथा बौद्धिक सुरक्षा निर्माणको काम गर्छ।”

सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्याङ्कलाई सङ्केतमा ढाल्ने प्रणाली विकास गरेको थियो। अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब दुई अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .