रुसी भूउपग्रहले अमेरिकी भूउपग्रहलाई अन्तरिक्षको कक्षमा पछ्याएर बाधा पुर्याएको अमेरिकाले बताएको छ।
यस कार्य असामान्य र आपत्तिजनक भएको भन्दै स्पेस फोर्सले रुसको निन्दा गरेको छ।
अमेरिकी स्पेस फोर्सका कमाण्डर जेनरल जोन रेमोण्डले सोमबार भने,‘गतवर्षको नोभेम्बरमा रुसी सरकारले भूउपग्रह अन्तरिक्षमा पठाएको थियो। त्यो भूउपग्रहले साथै सन् २०१७ मा उसैले पठाएको भूउपग्रहले अमेरिकी भूउपग्रहलाई बाधा पुर्याइरहेका छन्।’
अमेरिकाले हालै अन्तरिक्षमा समेत प्रभाव बढाउन स्पेस फोर्स ‘अन्तरिक्ष सेना’को गठन गरेका थिए। यसवर्ष पेन्टागनले स्पेस फोर्समा १८ अर्ब डलर खर्च गर्ने जनाएको छ। एजेन्सी
प्रतिक्रिया