ad ad

प्रविधि


अध्ययन भन्छः नेपालको इन्टरनेट विश्वकै महँगो

अध्ययन भन्छः नेपालको इन्टरनेट विश्वकै महँगो

नेपालखबर
माघ २६, २०७६ आइतबार १२:०,

द एलियन्स अफ अफोर्डेबल इन्टरनेट ‘एफोरएआइ’का अनुसार नेपालका नागरिकसहित अफ्रिकी मूलुकका नागरिकहरुले महँगो इन्टरनेट चलाइरहेका छन्।

एफोरआइले विश्वका १ सय ३६ मध्यम तथा न्युन आय भएका मूलुकमा अध्ययन गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको सीएनएनले जनाएको छ।

एफोरआइ भन्छ,‘मलेसिया, कोलम्बिया, भारत, जमाइका, दक्षिण अफ्रिका, घानाजस्ता मध्यम आय भएका र न्युन आय भएका नेपाल, माली, हाइटी, लाइबेरिया, यमन र मोजाम्बिकका नागरिकहरुले महँगो इन्टरनेट प्रयोग गरिरहेका छन्।’

एफोरएआइ विश्वव्यापी संस्था हो जसले विश्वमा मानिसले उचित मूल्यमा इन्टरनेट प्रयोग गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएको छ। यस अभियानमा गुगल र फेसबुक पनि समावेश छन्।

एफोरआइका अनुसार प्रतिमहिना १ जिबी डेटाको मूल्य एक नागरिकको महिने तलबको २ प्रतिशत मात्र हुनुपर्छ।

तर अनुसन्धानमा ती राष्ट्रका नागरिकले १ जिबी डेटाका लागि तलबकको ७.१२ प्रतिशतसम्म खर्च गर्नु परेको उल्लेख छ।

ती राष्ट्रका नागरिकका लागि उक्त इन्टरनेट निकै महँगो भएको बताइएको छ। प्रतिवेदनमा ती देशका इन्टरनेट सेवा प्रदान गर्ने निकायले मनलाग्दी इन्टरनेटको मूल्य तोकेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .