ad ad

प्रविधि


अमेरिकी चेतावनी बाबजुद बेलायतमा हुवावेले पायो स्थान, तर सीमित भूमिका

अमेरिकी चेतावनी बाबजुद बेलायतमा हुवावेले पायो स्थान, तर सीमित भूमिका

नेपालखबर
माघ १४, २०७६ मंगलबार १३:३,

मंगलबार हुवावेलाई बेलायतमा स्थान दिने निर्णय भएपनि उसको भूमिका सीमित हुने बेलायत सरकारले जनाएको छ।

बीबीसीका अनुसार बेलायतले हुवावेको फाइभ–जी प्रयोग गरेपनि चीनबाट फाइभ–जीका लागि प्रयोग हुने महत्वपूर्ण उपकरणहरु भने निर्यात गर्नेछैन। साथै सैन्य बेस छेउछाउ यो प्रविधि जडान हुनेछैन।

बेलायतका लागि हुवावेका प्रमुख भिक्टर झाङले भने,‘हामीले फाइभ–जी प्रविधिको काम अगाडि बढाउने सरकारबाट पुनःअनुमति पाएका छौं।’

यस कार्यले बेलायती बजार थप प्रतिस्पर्धात्मक बन्ने झाङको बुझाई छ।

अमेरिकाले प्रतिबन्ध गरेको हुवावे कसैले प्रयोग गर्न नहुने अमेरिकाले चेतावनी दिइरहेको समयमा बेलायतले पछिल्लो निर्णय गरेको हो।

अमेरिकाले हुवावे राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोप लगाउँदै आएको थियो। हुवावे चीन सरकारको जासुसीको माध्यम बनेको अमेरिकाको ठहर छ।

तर हुवावेले बारम्बार आफू निजी कम्पनी भएकाले यसमा सरकारको कुनै हस्तक्षेप नभएको दोहोर्याउँदै आएको छ। एजेन्सी

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .