अमेरिकाले प्रतिबन्ध गरेको हुवावे कसैले प्रयोग गर्न नहुने अमेरिकाले चेतावनी दिइरहेको समयमा बेलायतले यसअघि हुवावेलाई आफ्नो देशमा स्वीकृति दिएको थियो।
यतिबेला भने बेलायतले अर्को निर्णायक निर्णय गर्न लागेको हो। अमेरिकाले हाल वेलायतलाई हुवावेको फाइभ–जी प्रयोग नगर्न सुझाव दिइरहेको बीबीसीले जनाएको छ।
अमेरिकाले हुवावे राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोप लगाउँदै आएको छ। हुवावे चीन सरकारको जासुसीको माध्यम बनेको अमेरिकाको ठहर छ।
तर हुवावेले बारम्बार आफू निजी कम्पनी भएकाले यसमा सरकारको कुनै हस्तक्षेप नभएको दोहोर्याउँदै आएको छ।
बिहीबार बेलायतको राष्ट्रिय सुरक्षा परिषद्मा हुवावेको विषयमा छलफल हुनेछ। उक्त छलफलमा प्रधानमन्त्री बोरिस जोनसन उपस्थित हुनेछन्।
त्यस वैठकले हुवावे राष्ट्रिय सुरक्षाको लागि खतरा छ या छैन भन्ने तय गर्नेछ।
प्रतिक्रिया