सामाजिक सञ्जाल ट्विटरले कम्पनीको नियमानुसार पैसा नतिर्ने प्रयोगकर्ताको 'ब्लु टिक' हटाइदिएको छ।
यसअघि नै लागु भइसकेको ब्लु चेकमार्क भेरिफिकेसनका लागि पैसा नतिर्ने सबैको चेकमार्क ट्विटरले खोसिदिएको हो।
एलन मस्कले किनेपछि यसअघि नै ट्विटरले ब्लु चेकमार्कका लागि मासिक ८ डलर तिर्ने नियम ल्याएको थियो। तर लाखौँ प्रयोगकर्ताले ब्लुट टिकका लागि पैसा नतिरेपछि चेकमार्क हटाइदिएको हो।
नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अकाउन्टको पनि चेकमार्क हटेको छ। प्रचण्डले प्रयोग गर्दै आएको पीएमओनेपाल एकाउन्टको चेकमार्क खोसिएको हो।
त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अकाउन्टको पनि चेकमार्क हटेको छ। नेपालबाहिरका चर्चित व्यक्तिहरुको पनि ब्लु चेकमार्क खोसिएको छ।
ट्विटरले पैसा नतिर्ने व्यक्ति, संस्थादेखि मिडिया कम्पनीहरुसमेतको ब्लु टिकमार्क हटाउन थालिसकेको छ।
ट्विटरले व्यवसायलाई सब्क्रिप्सनबिना गोल्डेन चेकमार्क दिने गरेको छ। सरकारी एकाउन्टलाई खैरो चेकमार्क दिने गरिएको छ।
ट्विटरमा फेक न्युज र अश्लील सामाग्रीसमेत आउन थालेपछि कम्पनीले सन् २००९ देखि नक्कली अकाउन्ट रोक्न भेरिफिकेसन थालेको थियो।
करिब १३ वर्षसम्म निशुल्क रहेको चेकमार्कको व्यवस्था सन् २०२२ मा एलन मस्कले किनेपछि शुल्क तोकिएको थियो। त्यसका लागि मासिक रुपमा ८ डलर तिर्नै पर्ने नियम बनाइएको थियो।
Shares
प्रतिक्रिया