मेक्सिकोमा गुगल र एप्पलविरुद्ध एकाधिकारविरोधी कानुन उल्लंघनको आरोपमा मुद्दा दायर भएको छ।
मेक्सिकोका पूर्व दूरसञ्चार प्रमुखले गुगल र एप्पलविरुद्ध एकाधिकार विरोधी नियम पालना नगरेको भन्दै मुद्दा दायर गरेका हुन्।
शुक्रबार मेक्सिकोको दूरसञ्चार नियामक आईएफटीमा उक्त मुद्दा दायर गरिएको हो। यी दुई कम्पनीले आफ्नो एप स्टोरमा एकाधिकार लादेर आफ्नै भुक्तानी प्रणाली प्रयोग गर्न बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ।
यस विषयमा अहिलेसम्म गुगल र एप्पलले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
पछिल्लो समय व्यापक मात्रामा उजुरी आएसँगै एप्पल र गुगलले आफ्नो नीति केही खुकुलो बनाएका छन्। तर, अझै पनि यो पर्याप्त नभएको अन्य एप निर्माताहरुले बताएका छन्।
60
Shares
प्रतिक्रिया