ad ad

प्रविधि


लोगो परिवर्तन फेसबुकको उत्पादन चिनाउने उपाय

लोगो परिवर्तन फेसबुकको उत्पादन चिनाउने उपाय

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १३:१३,

 फेसबुक कम्पनी, फेसबुक एप्लिकेसन, फेसबुक म्यासेन्जरबीचको भिन्नता छुट्टाउन फेसबुकले लोगो परिवर्तन गर्न लागेको कम्पनीका प्रमुख बजार व्यवस्थापक एन्टोनियो लुसियोले बताएका छन्।

फेसबुक कम्पनीलाई अहिलेसम्म अंग्रेजी शब्द ‘’ ले चिन्ने गरिन्थ्यो। अब भने यी शब्द क्यापिटल लेटर ‘’मा देखिने छन्।

यसरी मुख्य कम्पनी र यसका उत्पादनबीच भिन्नता देखिने कम्पनीको बुझाइ छ।

Facebook new and old logos

साथै लोगो परिवर्तनले फेसबुकको स्वामित्वमा रहेका अन्य चर्चित एप्लिकेसनहरु इन्स्टाग्राम र वाट्सएपलाई पनि यी एप्लिकेसन फेसबुककै हो भनेर चिनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ।

एन्टोनियो भन्छन्,‘लोगो परिवर्तन गरिनुको उद्देश्य ब्रान्डिङ बढाउनु हो।’

वाट्सएपमा यसअघि ‘फ्रम फेसबुक’ सानो अक्षरमा देखिन्थो भने अबदेखि ‘फ्रम फेसबुक’ ठूलो अक्षरमा देखिने छ।

WhatsApp with new Facebook corporate logo, November 2019

वाट्सएप र इन्स्टाग्राममा ती अक्षरहरु भिन्न रङमा देखिने छन्। वाट्स एपमा हरियो रङको ब्रान्डिङ गरिने छ भने इन्स्टामा रातो रङको ब्रान्डिङ गरिने छ।

मुख्य कम्पनीको लोगो परिवर्तन भएपनि अन्य एप्लिकेसनको लागो यथावत् हुनेछन्।

४९ प्रतिशत अमेरिकी नागरिकले अझैपनि वाट्सएप र इन्स्टाग्राम फेसबुकको नभएको ठान्छन् भनेर एक अनुसन्धानले देखाएपछि फेसबुकले ब्रान्डिङका लागि लोगो परिवर्तन गर्न लागेको हो। बीबीसी र बिजनेस इन्साइडरको सहयोगमा

Instagram app with new Facebook logo, November 2019

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .