ad ad

प्रविधि


ट्विटरद्वारा राजनीतिक विज्ञापनमा प्रतिबन्ध

ट्विटरद्वारा राजनीतिक विज्ञापनमा प्रतिबन्ध

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ८:४३,

ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले राजनीतिक सन्देशको पहुँच किनेर होइन, कमाएर प्राप्त गर्नुपर्ने तर्क अघि सारेका छन्।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिँकिँदै जाँदा इन्टरनेटको माध्यमबाट हुने राजनीतिक प्रचारका विषयमा बहस चर्किएको छ । अघिल्लो राष्ट्रपतीय निर्वाचनको परिणामलाई गलत सूचनाले प्रभावित गरेको आरोप लाग्दै आएको छ।

राजनीतिक विज्ञापन रोक्ने ट्विटरको घोषणापछि यसबारे मिश्रित प्रतिक्रिया आएको छ। गत राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार हिलारी क्लिन्टनले ट्विटरको घोषणाको स्वागत गरेकी छन्। तर, राजनीतिक विज्ञापन रोक्नु मात्र पर्याप्त नभएको अधिकारकर्मीहरुले औँल्याएका छन्। ‘राजनीतिक विज्ञापन मुद्दाको एउटा सानो हिस्सा मात्रै हो,’ चेन्ज द टर्म्स नामक नागरिक अधिकारकर्मीहरुको सञ्जालकी संस्थापक जेसिका गोन्जालेज भन्छिन्, ‘घृणास्पद अभिव्यक्ति, नश्लवाद, श्वेत सर्वोच्चतावाद र हिंसात्मक सामग्री अनलाइनमा व्याप्त छ। त्यसैले ट्विटरलाई स्वस्थ संवादको थलो बनाउन राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउनु मात्र पर्याप्त छैन।’

ट्विटरको कदमले राजनीतिक विज्ञापन रोक्न अर्को कम्पनी फेसबुकमाथि पनि दबाब सिर्जना गरेको छ। तर, फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले भने राजनीतिक विज्ञापन दिने आफ्नो कम्पनीको नीतिको बचाउ गरेका छन् । उनले राजनीतिक विज्ञापन दिनुको उदेश्य पैसा कमाउनु मात्र नभएको बताए।

‘निजी कम्पनीले राजनीतिकर्मी र समाचारलाई सेन्सर गर्नु सही हो भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .