ad ad

प्रविधि


एलन मस्कले अन्तरिक्षबाट ट्वीट गरे  

एलन मस्कले अन्तरिक्षबाट ट्वीट गरे   

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १०:५०,

स्पेस एक्स कम्पनीले अन्तरिक्षयान लगायतका अन्तरिक्षमा चाहिने प्राविधिक सामाग्रीहरु बनाउने गर्दछ।

हालै स्पेस एक्सले स्टारलिन्क स्याटेलाइटको निर्माण गरेको थियो। मस्कमा अनुसार यस स्याटेलाइटमार्फत् अन्तरिक्षयात्रीले अन्तरिक्षबाटै इन्टरनेट चलाउन सक्नेछन्।

मंगलबार आफ्नो स्याटेलाइटले काम गर्छ या गर्दैन भन्ने पुष्टि गर्नका लागि एलन मस्कले अन्तरिक्षबाट ट्वीट गरेका हुन्।

जुन सफल भएको उनले ट्वीटमा बताएका छन्। उनको कम्पनीले बताएको स्याटेलाइट स्टारलिंक यतिबेला अन्तरिक्षमा परीक्षणका लागि राखिएको छ।

एलन मस्कले मंगलबार ट्वीटमा भनेका छन्,‘यो ट्वीट मैले स्टारलिन्क स्याटेलाइटमार्फत् अन्तरिक्षबाट पठाइरहेको छु।’

उनले अर्को ट्वीटमा भनेका छन्,‘वा यसले काम गर्यो।’

एलन मस्को कम्पनी स्पेस एक्सले अन्तरिक्षमा ३० हजार स्याटेलाइट राख्ने योजना बनाएको छ। यस स्याटेलाइटमार्फत् अन्तरिक्षमा रहँदा पृथ्वीमा संचार गर्न सजिलो हुने मस्कको भनाइ रहेको छ। एजेन्सी

Image result for elon musk satellite

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .