ad ad

राजनीति


बाजुराको बुढीगंगा नगरपालिका : मेयर-उपमेयर दुवैमा एमाले विजयी

सातवटा वडामा एमाले र तीनवटामा कांग्रेसको जित
बाजुराको बुढीगंगा नगरपालिका : मेयर-उपमेयर दुवैमा एमाले विजयी

गोकुल जोशी
असार २६, २०७९ आइतबार ११:५६, कञ्चनपु्र

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। 

त्यहाँ नेकपा एमालेका रणबहादुर बानियाँ ४७ सय ७७ मतसहित विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती ३७ सय ७४ मतसहित पराजित भएका छन्। 

नेकपा एमालेका बानियाँले कांग्रेसका खातीलाई १००३ मतको फराकिलो अन्तरले हराउन सफल भएका हुन्। 

त्यसैगरी बुढीगंगाको उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) ४७ सय २७ मतसहित विजयी भएकी छन्। 

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३७ सय ५५ मत ल्याइन्। 

एमालेबाट उपमेयरकी उम्मेदवार मायाकुमारीले ९ स ७२ मतको जित दर्ता गराउन सफल भएकी छन्। 

१० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा वडामा प्यानलसहित जित दर्ता गराउँदा कांग्रेसले तीनवटा वडामा जित निकालेको छ। 

गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा यहाँ एमालेमाथि धाँधली आरोप लागेको थियो। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेर पुन:निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। 

दोस्रो प्रयासमा सफल
मेयर र उपमेयरमा बाजी मारेका एमालेका बानियाँ र कुँवर दोस्रो प्रयासमा सफल भएका छन्। उनीहरु २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका थिए। 

१० वडा रहेको बुढीगंगाको ७  वडामा नेकपा एमाले विजयी भएको छ।

बुढीगंगा नगरपालिका–६ मा एमालेका हेमराज जैसी ४१२ सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बल बहादुर थापाले ३५३ मत मात्रै ल्याउन सकेका छन्।

यस्तै वडा नम्बर ५ मा पनि एमालेकै चक्रबहादुर थापा ४९६ मत सहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका खडक बहादुर थापाले ३०५ मत प्राप्त गरेका छन्।

यसअघि वडा नम्बर १, २, ३, ९ र १० मा पनि एमाले जितेको थियो। यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .