स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना बुधबार रातिदेखि चलिरहेको छ।
मंसिर ४ मा निर्वाचन भएको १० दिनपछि यहाँ मतगणना सुरु भएको हो। जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बनाइरहेका छन्।
मुख्य निर्वाचन अधिृकतको कार्यालयका अनुसार कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले अहिले ७ हजार ९०७ मत ल्याएका छन्।
गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिसमेत रहेकी पद्मा कुमारी अर्यालले ५ हजार ८ सय ६३ मत प्राप्त गरेकी छिन्।
यहाँ उनीहरुबीच २ हजर ४४ मतलको फरक परिसकेको छ। प्रदेशसभामा पनि कांग्रेसको अग्रता छ।
स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।
804
Shares
प्रतिक्रिया