पाँचथरमा प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा भइरहेको छ।
जारी मतगणना क्रममा एमाले उम्मेदवार वसन्त नेम्वाङ बिहीबार दिउँसोसम्म १७ मतले अगाडि छन्। नेम्वाङले २० हजार ३९८ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेले अहिले २० हजार ३८१ मत ल्याएका छन्।
सुरुदेखि नै यी दुईजनाबीच एक-अर्कालाई पछि पर्ने प्रतिस्पर्धा छ।
दुई नेताबीच प्रतिस्पर्धा चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ एक हजार ४६ मतसहित तेस्रोमा छन्।
1.4k
Shares
प्रतिक्रिया