सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मतदाता रहेका बस्नेत आफ्नो क्षेत्र छाडेर २ नम्बरबाट उठेका थिए।
उनीसँग एमाले स्थायी कमिटी सदस्य समेत रहेका तामाङलाई पराजित गराएका हुन्।
अन्तिम मत परिणामअनुसार कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४ सय ९३ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर ११ हजार ८ सय ७४ छ।
942
Shares
प्रतिक्रिया