जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजयनजिक पुग्दै गर्दा अर्का मधेशवादी नेता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि असुरक्षित देखिएका छन्।
लोसपाका अध्यक्ष ठाकुर पनि महोत्तरी क्षेत्र नम्बर ३ मा पछि परेका छन्।
उनलाई नेकपा एमालेका बागी उम्मेदवार रामआधार कापरले अहिलेसम्म १३ सय ४८ मतले पछि परेका छन्।
कापरले अहिलेसम्म २८ सय ९३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका ठाकुरले १५ सय ४५ मत ल्याएका छन्।
तेस्रो नम्बरमा जनता समाजवादी पार्टीका हरिनारायण यादवले १३ सय २७ मत ल्याउन सकेका छन्।
उता सप्तरी २ मा जसपा अध्यक्ष यादव पराजय नजिक पुगेका छन्। त्यहाँ उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बर बढी मतले पछि परेका छन्।
222
Shares
प्रतिक्रिया