नेकपा एमालेका महासचिव शंकर पोखरेलसँगको अग्रतालाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले थप फराकिलो बनाएकी छन्।
सुरुमा ६ सय ४, त्यसपछि ६ सय ६ को मतान्तर बनाएकी शर्मा पछिल्लो मतगणनाअनुसार ७ सय ८३ मतले अगाडि गएकी छन्।
५ हजार ७ सय ८६ मत गनिसक्दा माओवादी नेतृ शर्माले यो अग्रता बनाएकी हुन्।
त्यहाँ शर्माले २ हजार ४ सय ३४ मतसहित अग्रता लिइरहेकी छन्। एमाले महासचिव शंकर पोखरेलले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।
अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ६ सय ७४ मतसहित दाङ तेस्रो स्थानमा छन्।
459
Shares
प्रतिक्रिया