नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई दल त्याग गरेका भनिएका सो पार्टीका स्थानीय निर्वाचित प्रतिनिधिलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
न्यायाधीश कुमार चुडालको इजलासले माओवादी पार्टी परित्याग गरेको भनी कारबाहीमा परेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्नबाट रोक नलगाउन भनी अन्तरिम आदेश जारी गरिएको हो।
हेरौं सर्वोच्च अदालतले मंगलबार जारी गरेको अन्तरिम आदेशः
प्रतिक्रिया