अधिवक्ता रोहितराज बास्तोला गण्डकीको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन्।
पोखरा ११, फूलबारी निवासी बास्तोलालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडलले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन्।
उनी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियसन कास्कीका पूर्वअध्यक्ष तथा हाल उच्च अदालत बार पोखराका अध्यक्ष छन्।
यसअघि लमजुङका राजेन्द्र घिमिरे गण्डकीका मुख्य न्यायाधिवक्ता थिए। नयाँ सरकार गठन भएपछि उनले पदबाट राजीनामा दिएका थिए।
कृष्णचन्द्र नेपालीको सरकारले यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।
प्रतिक्रिया