ad ad

राजनीति


केजरीवालले भनेको सिंगापुर भेरियन्ट भारतीय भेरियन्ट रहेछ, सिंगापुरले जनायो आपत्ति

केजरीवालले भनेको सिंगापुर भेरियन्ट भारतीय भेरियन्ट रहेछ, सिंगापुरले जनायो आपत्ति

नेपालखबर
जेठ ५, २०७८ बुधबार ६:११,

उनले केन्द्र सरकारलाई B.1.617.2 भेरियन्ट बच्चाहरुको लागि निकै खतरनाक भएको बताउँदै भारत र सिंगापुरको उडानहरु तत्काल बन्द हुनुपर्ने र खोप कार्यक्रम बालबालिका केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए।

तर केजरीवालले भनेको सिंगापुर भेरियन्ट भारतीय भेरियन्ट भएको बताइएको छ। यो डबल म्युटेन्ट कोरोना भेरियन्ट पहिलोपटक भारतमै देखिएको थियो।

केजरीवालको भनाइपछि सिंगापुरले आपत्ति जनाउँदै केजरीवालको भनाइमा सत्यता नभएको प्रतिक्रिया जनाएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले पनि B.1.617.2 भेरियन्ट भारतमा पहिलोपटक देखिएको जानकारी दिएको छ।

यससँगै भारतीय विदेशमन्त्री एस. जयशंकरले ट्विट गर्दै केजरीवालले कुनै विषयमा प्रतिक्रिया जनाउँदा जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनले सिंगापुरसँग माफी माग्दै केजरीवालको भनाइले भारतको धारणा प्रतिनिधित्व नगर्ने पनि जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .