ad ad

राजनीति


ओली पक्षका सुदूरपश्चिम अध्यक्ष थापासहित दुई नेतालाई नेपाल–खनाल समूहले गर्‍यो कारबाही

ओली पक्षका सुदूरपश्चिम अध्यक्ष थापासहित दुई नेतालाई नेपाल–खनाल समूहले गर्‍यो कारबाही

नेपालखबर
चैत २९, २०७७ आइतबार ११:४४,

नेकपा एमालेमा देखिएको आन्तरिक विवादको प्रभाव सुदूरपश्चिममा प्रदेशमा पनि परेको छ।

 अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहबीचको विवाद सुदूरपश्चिम प्रदेशमा पनि उत्कर्षमा पुगेको छ।

आइतबार नेपाल–खनाल पक्षले ओलीनिकट दुई नेतालाई कारबाहीको घोषणा गरेको छ।

कारबाहीमा पर्नेमा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावल छन्।

उनीहरु दुबैलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै १ वर्ष निलम्बनका लागि सिफारिस समेत गरिएको नेपाल–खनाल पक्षले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

एमालेका उपाध्यक्ष भीम रावलको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा खनाल नेपाल समूहको चैत २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट थापा र सिंहलाई कारबाही गर्ने निर्णय गरेको बताइएको हो।

उपाध्यक्ष रावलले थापालाई पार्टी विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको बताए।

यसैगरी कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका रावलले पार्टीको विधान विपरीत आफूलाई सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेको पाइएकाले जिल्ला कमिटीबाट कारबाही गर्ने निर्णय गरिएको हो।

त्यसैगरी बैठकले केन्द्रीय प्रतिनिधि, जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूका रिक्त स्थान पूर्ति गर्ने निर्णय गरेको छ भने जिल्लाहरुमा अध्यक्षसहितका पदाधिकारी पनि चयन गरेको छ।

बैठकले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल, बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, कैलाली जिल्ला कमिटी अध्यक्षमा दीर्घबहादुर सोडारी, डडेल्धुरा जिल्ला अध्यक्षमा डा। तारा जोशी, डोटी जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल र बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंहलाई चयन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .