ad ad

राजनीति


म्यान्मारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर कम्तिमा ५० को मृत्यु भएको आशंका

म्यान्मारमा शनिबार सुरक्षाकर्मीको गोली लागेर कम्तिमा ५० को मृत्यु भएको आशंका

नेपालखबर
चैत १४, २०७७ शनिबार १२:५१,

लगातार प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको घटना पनि सार्वजनिक हुँदै आएका छन्।

यसबीचमा शनिबार पनि सुरक्षाकर्मीको गोली लागेर कम्तिमा ५० प्रदर्शनकारीको मृत्यु भएको आशंका गरिएको छ।

बीबीसीका अनुसार शनिबार मात्र म्यान्मारका हालका शासक सेना प्रमुख मिन अङ लाइङले सेनाले लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने वाचा गरेका छन्।

यद्यपी शनिबार नै कम्तिमा ५० जना प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको समाचारहरु आएका छन्।

म्यान्मारमा हालसम्म सेना तथा प्रहरीले गोली चलाउँदा ३२० जनाको मृत्यु भइसकेको तथ्यांक छ।

शुक्रबार मात्र सरकारी टेलिभिजनमा सैन्य शासनविरुद्ध प्रदर्शन गरिनु अर्थहिन भएको र त्यस्ता कार्यले ज्यानै जानसक्ने चेतावनी दिइएको थियो।

प्रदर्शनकारी

यद्यपी त्यहाँ प्रदर्शन रोकिएको छैन। सेना प्रमुखले शनिबार छन्,‘हामी जनतासँग मिल्न चाहन्छौं, किनभने लोकतन्त्रको रक्षा गर्नुपर्छ। नाजायज माग राखेर हिंसा भड्काइएको छ, यसले देशमा स्थिरता र नागरिकको सुरक्षा प्रभावित तुल्याउँछ।’

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूपछिकै रक्तपातपूर्ण घटना, सेनाद्वारा एकैदिन ३८ प्रदर्शनकारी मारिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .