ad ad

राजनीति


एमाले पदाधिकारी र स्थायी समिति पुनर्गठनको जिम्मा ओली र पोखरेललाई

एमाले पदाधिकारी र स्थायी समिति पुनर्गठनको जिम्मा ओली र पोखरेललाई

नेपालखबर
चैत ७, २०७७ शनिबार १३:१४,

नेकपा एमालेले पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै अध्यक्षमा ओली र महासचिवमा पोखरेलाई यथावत राख्ने निर्णय गरेको हो।

महाधिवेशन आयोजक समितिका अन्य पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

‘महाधिवेशन आयोजक समितिमा रहने पदाधिकारी र स्थायी समितिका बारेमा अर्को बैठकमा प्रस्ताव प्रस्तुत गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिने निर्णय गरेको छ’, प्रवक्ता ज्ञवालीले भने।

त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्न विष्णु पोडेल, टोपबहादुर रायमाझी र शंकर पोखरेल रहने कार्यदल गठन गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए।

उक्त बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन्। उपाध्यक्ष वामदेव गौतम संसदीय दलको बैठकमा बसे पनि केन्द्रीय समिति बैठकमा भने बसेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .