ad ad

राजनीति


गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने

गृहमन्त्री थापासहित आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने, एमालेमा लागेकालाई स्पष्टीकरण सोध्ने

नेपालखबर
फागुन २९, २०७७ शनिबार ४:१९,

नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको नेता लिलामणि पोख्रेलले जानकारी दिए।

ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ।

‘बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको छ,’ नेता पोख्रेलले नेपालखबरसँग भने, ‘त्यतिन्जेलसम्म पनि उहाँहरु आफ्नो पार्टीमा नफर्किएमा कारबाही हुनेछ।’

राष्ट्रिय राजनीतिका अन्य विषयमा, पार्टीहरुसँग थप छलफल र गृहकार्य गर्नुपर्ने भएकाले राष्ट्रिय कार्यकर्ता भेला स्थगित गरिएको पोख्रेलले जानकारी दिए।

माओवादी केन्द्रले शनिबार बिहान गरेका यी हुन् चार निर्णयः

१. माओवादी केन्द्र तर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने

२. हिजो शुक्रबार नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा राखेका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने

३. २०७७ चैत २ गते हुने भनिएको माओवादी केन्द्रको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्ने

४. २०७७ चैत १ गते हुने तय भएको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यथावत सञ्चालन गर्ने  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .